सामूहिक साकोस : हजारबाट सुरु, २५ वर्षमा पौने अर्वको ब्यालेन्ससीट 

सामूहिक साकोस : हजारबाट सुरु, २५ वर्षमा पौने अर्वको ब्यालेन्ससीट  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरका स्थानिय युवाहरु मिलेर सुरु गरेको सामूहिक बचत तथा ऋण सहकारी २५ औं वर्षमा पुगेको छ । एक हजार रुपैयाँ बचतबाट सुरु भएको संस्थाको कारोबार पौने अर्व रुपैयाँ पुगेको छ । 

साविकका सामूहिक साकोस, बुद्ध साकोस र समता साकोसबीच एकीकरण भई एकीकृत सामूहिक साकोस बनेको छ । संस्थाको २५ औं स्थापना दिवस (रजतवर्ष) को अवसर पारेर संस्थाले आईतबार नै नयाँ भवनबाट एकीकृत कारोवार सुरु गरेको छ । 

भक्तपुर नगरपालिका–३, बोलाछें स्थित संस्थाको नव निर्मित भवनमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापत्वि तथा संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेश बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतता सम्पन्न भएको थियो । श्रेष्ठ र राजोपाध्यायले खुत्रुकेमा पैसा जम्मा गरेर संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुका साथै संयुक्त रुपमा रजतवर्ष लोगो समेत लोकार्पण गरेका थिए । श्रेष्ठले संस्था स्थापना कालका कठिन यात्राहरुका विषयमा स्मरण गर्दै हजार रुपैयाँबाट शुरु भएको कारोवार २५ औं स्थापनासम्म आइपुग्दा ७२ करोडको हाराहारीसम्म पुगेको वताए । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा रजत वर्ष मूल समारोह उपसमितिका संयोजक राजाभाई भेलेले रजतवर्षको उपलक्ष्यमा २०७९ असोज २३ गते देखि आउने २०८० सालमा सम्पन्न हुने २५ औं साधारणसभासम्म विविध कार्यक्रमबारे जानकारी दिएका थिए । कार्यक्रममा शेयर सदस्यहरुबाट १६ लाख ४४ हजार ७०० रुपैयाँ बचत संकलन भएको छ । संस्थाले आगामी असोज २९ गते सम्म निःशुल्क सदस्यता वितरण गर्ने समेत जनाएको छ । 

कार्यक्रममा साविक बुद्ध साकासका चन्द्रकुमार तामाङ  र साविक समता साकोसका चन्द्रलाल भोमीले रजतवर्ष सफलताका शुभकामना व्यक्त गरेका थिए । 



Leave a comment