हाइलाइट

मिलीजुली कालिञ्चोक सहकारीमा कर्मचारी आवश्यक्ता 

मिलीजुली कालिञ्चोक सहकारीमा कर्मचारी आवश्यक्ता  :: Sahakari Akhabar

काठमाडौं । दोलाखास्थित मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले कनिष्ठ सहायक र फिल्ड कर्मचारीका लागि आवेदन माग गरेको छ । संस्थाले सूचना जारी गर्दै तेस्रो तहको कनिष्ठ फिल्ड सहायक तथा दोस्रो तहको फिल्ड सहायक पदमा नयाँ पदपूर्तिका लागि आवेदन आवहान गरेको हो । 

कनिष्ठ फिल्ड सहायकका लागि ब्यवस्थापनमा प्लस टु उर्तिण गरेको तथा फिल्ड सहायक पदका लागि लेखा विषयसहित एसएलसी उर्तिण गरेको हुनुपर्ने योग्यता निर्धारण गरेको छ । 

दुवै पदका लागि असोज २६ गतेसम्म आवेदन दिन समय तोकिएको र प्राप्त आवेदनकर्ताबाट लिखित, प्रयोगात्मक तथा अन्तरवार्ताबाट कर्मचारी छनोट गरिने संस्थाले जनाएको छ ।



Leave a comment