काठमाडौं । आयाम बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व चयन गरेको छ।
संस्थाको दशौं वार्षिक साधारण सभाले केशवप्रसाद नेपालको अध्यक्षतामा सञ्चालक समितिको निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा हेराकाजी महजर्न, सचिवमा सजिन नेपाल, कोषाध्यक्षमा नवीन खकुराल, सदस्यहरूमा ऋषिराम नेपाल, परशुराम गौतम र गंगा कोइराला निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा तथा सुवरीवेक्षण समितिको संयोजकमा केशव प्रसाद नेपाल र सदस्यद्वयमा पियुष नेपाल र सरोज नेपाल चयन भएका छन् ।
सभामा अध्यक्ष नेपालले प्रस्तुत गरेका आ.व. २०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विधि, प्रविधि र पुँजीको अधिकतम प्रयोगबाट सदस्यहरूको आर्थिक आयस्तर वृद्धिका लागि संस्था लागिपरेको बताए ।
संस्थागत सुशासन कायम राख्दै संकलित श्रोत साधनलाइ अधिकतम प्रयोग गरी न्यायोचित रूपमा वितरण गरी अभावमुक्त समाजको परिकल्पना र सामाजिक असमानता हटाउन सहकारी पद्दति नै एउटा विशिष्ट माध्यम हो भन्ने अभिप्रायका साथ संस्थालाइ अघि बढाएको उनले ।
यस आवको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै उनले सदस्य संख्या ३ हजार पुर्याउन, शेयर पुँजी वृद्धि गर्ने, सदस्यहरूको आयस्तर वृद्धि गर्ने क्षेत्रमा लगानी बढाउने जस्ता योजना रहेको उनले उल्लेख गरे ।
संस्थाका कोषाध्यक्ष नवीन खकुरालले आ.व. २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुँजी ४ करोड २२ लाख, बचत संकलन २५ करोड ८९ लाख, ऋण लगानी २९ करोड ४७ लाख गरी कुल बचन ३८ लाख ५६ हजार पुगेको जानकारी दिए ।
संस्थामा २४३७ सदस्य रहेका छन् । संस्थाको जगेडा कोषमा ७९ लाख ८५ हजार र अन्य कोषमा २८ लाख ९४ हजार रूपैया पुगेको छ।
२०६४ सालमा २६ जनाबाट मासिक ५०० रूपैया बचत गर्ने उदेश्यका साथ समुहबाट अघि बढेको संस्थाले २०६९ सालबाट डिभिजन सहकारी कार्यालयमा दर्ता भएर वित्तीय कारोबार शुरू गरेको हो ।
Leave a comment