श्री बज्रबाराही साकोसको साधारण सभा सम्पन्न

श्री बज्रबाराही साकोसको साधारण सभा सम्पन्न :: Sahakari Akhabar

ललितपुर ।  श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

समुदायमा छरिएर रहेको पुँजीलाइ संकलन गरी समुदायमा नै परिचालन गर्ने उद्देश्यले २०६६ सालमा २८ जना शेयरसदस्य र ८३ हजार पुँजीबाट संस्था शुरू भएको थियो ।

संस्थाले १३ औं वार्षिक साधारणसभासम्म आइपुग्दा १६८० सदस्य र १७ करोडभन्दा बढी कुलपुँजी निर्माण गरेकाे छ । 

सभामा अध्यक्ष फणिन्द्रनाथ सुवेदीले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमार्फत गरिवी न्यूनिकरण गर्दै सदस्यहरूलाइ व्यवसायी बनाउने र उक्त क्षेत्रकै नमूना संस्था बन्ने उद्देश्यका साथ स्थापना भएको संस्था यस अवधिमा आइपुग्दा जिल्लाकै एक नमूना संस्था बन्न सकेको उल्लेख गरे ।

संस्था नेफ्स्कुनबाट सञ्चालित प्रोबेसन कार्यक्रममा आवद्ध रहेको उनले बताए । संस्थाले सदस्यहरूलाइ प्रविधिमैत्री सेवा दिने उद्देश्यले मोबाइल बैंकिङ, क्यू आर पेमेन्ट र अन्तरबैंकिङ फण्ड ट्रान्सफरको सुविधा दिएको छ । 

संस्थाले सदस्यहरूले गरेको बचत र ऋण कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम फिर्ता गर्ने भएकाे छ ।  

सभामा सचिव रविन्द्रप्रसाद विडारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष सुरेन्द्र गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले स्थानीय स्तरमा रहेको पुँजीलाइ एकिकृत गर्दै १३ वर्षसम्म आइपुग्दा ठूलो पुँजी निर्माण गर्न सकेको बताए ।

गत आ.व. को असार मसान्तसम्म संस्थाले शेयरपुँजी १ करोड ६७ लाख, जगेडा कोषमा ८२ लाख ७४ हजार, अन्य कोषहरूमा ४३ लाख, बचत संकलन ९ करोड ६१ लाख गरी १३ करोड ३८ लाख ऋण सदस्यहरूमाझ लगानी गरेको छ । सो अवधिमा संस्थाल ५१ लाख रूपैया नाफा आर्जन गरेको छ । 



Leave a comment