काभ्रे। लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मैया महतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले सहकारीहरूले उत्पादनमूलक क्षेत्रम अब लगानी वृद्धि गरी सदस्यहरूलाइ व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।
सभाामा सचिव शर्मिला अधिकारीले आ.व. २०७८।७९ वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शकुन्तला श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गत असार मसान्तसम्म संस्थाको कुल शेयर पूँजी २ करोड ५२ लाख पुगेको छ । त्यस्तै असार मसान्त सम्ममा संस्थाको कुल निक्षेप संकलन १७ करोड ८ लाख र ऋण लगानी १६ करोड ९४ लाख पुगेको छ । संस्थाले त्यस अविधमा ७८ लाख ३० हजारखुद नाफा कमाउन सफल भएको छ । संस्थामा २४६३ जना सदस्य आवद्ध रहेका छन् ।
कार्यक्रममा २१ जना जेष्ठ सदस्य, उत्कृष्ट एसईई सम्मान कार्यक्रम, संस्थाका उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरिएको थियो । बाल सदस्यहरुको लागि भिडियो बनाइ प्रशंसनिय कार्य गरेका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले सहकारीको मुल्यमान्यता र सिद्धान्त आत्मसात गर्दै नीति, कार्यक्रम र योजना लागु गर्दै आएको जनाए । त्यसैगरी महिला सदस्यहरूलाइ आर्थिक समृद्धिमा जोड्नका लागि उनीहरूमा सीप विकास गरी उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्दै आएको बताए । संस्थाले नवदुलही भेटघाट, प्रसुति भेटघाट, मृत्यु तथा विरामी राहत, रक्तदान, स्वास्थ्य शिविर र बिभिन्न तालिमहरू गर्दै आएको छ।
Leave a comment