कमल बहुउद्देश्यी सहकारीमा नयाँ समिति चयन

कमल बहुउद्देश्यी सहकारीमा नयाँ समिति चयन :: Sahakari Akhabar

काठमाडौं । न्युरोडमा रहेको कमल बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । संस्थाको मंगलबार भएको सभाले अनराज गनिकाको अध्यक्षतामा सात जना संचालक तथा लेखा सुपरिवेक्षण समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा  चिरञ्जीवि पौडेल, सचिवमा बच्चुराम केसि तथा कोषाध्यक्षमा बिमला कुमारी चौलागाई चयन भएका छन् । त्यसैगरी संचालक समितिको सदस्यमा रमेश कार्की, डिल्लीबहादुर विष्ट र महबुब हुसेन चयन भएका हुन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रेमबहादुर कुंवर तथा सदस्यमा प्रदिप सिंह भण्डारी र रविन खड्का चयन भएका हुन् । 

०७९ साल असार २३ गते स्थापना भएको संस्थामा ५ करोड ९ लाख २५ हजार रुपैयाँ शेयर पूँजी, २ करोड ८४ लाख ९ हजार रुपैयाँ बचत संकलन रहेको जनाइएको छ । संस्थाले ५ करोड ४२ लाख ३ हजार ३ सय १६ रुपैयाँ ऋण लगानी गरी ११ लाख ७७ हजार आम्दानी गरेको जनाइएको छ ।

संस्थामा २५ लाख ६२ हजार ७ सय ७८ रुपैयाँको सम्पति रहेको संस्थाका अध्यक्ष अनराज गनिकाले जानकारी गराए । संस्थाले सदस्यलाई एसएमएस तथा मोबाइल बैंकिङ सेवा प्रदान गरेको जनाइएको छ । सभामा जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाण्डौका संस्थापक अध्यक्ष तुलसी सापकोटाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र बितरण गरेको थिए ।



Leave a comment