बिन्धवासिनी बचतले १५ प्रतिशत शेयर लाभांस दिने

बिन्धवासिनी बचतले १५ प्रतिशत शेयर लाभांस दिने :: Sahakari Akhabar

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी ४ वर्षे कार्यकालको लागि शान्तकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिमा निर्विरोध निर्वाचित गरेको थियो ।

नव निर्वाचित संचालक समितिको उपाध्यक्ष रामहरि शर्मा तिमल्सिना, सचिव डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिमबहादुर खत्री र सदस्यहरुमा लोकदर्शन कर्माचार्य, पुनम घिमिरे, अर्जुन खनाल, केशव थापा, गणेशप्रसाद पराजुली, प्रकाशबहादुर कायस्थ, बुद्धिमाया तामाङ, सुनिता धिताल र जमुना खड्का रहेका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको सदस्यमा विदुर थापा र सिद्धिलक्ष्मी पोते चयन भएका छन् ।

साधारण सभाले सदस्यलाई १५ प्रतिशत शेयर लाभांस र संरक्षित पूँजी कोष फिर्ताकोषबाट वचत तर्फ १.५ प्रतिशत र ऋण तर्फ १ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ । संस्थाले असोज ७ र ८ गते दुई चरणमा ७ वटा ईकाइमा गरी सोमबार साधारण सभाको समापन एवं निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न सभामा बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि निरौलाले बिन्धबासिनी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भुमिका खेलेको बताए ।

संस्थाले सदस्यलाई व्यवसायिकतामा जोड दिन आगामी रणनीतिमा समावेश गर्न उनले सुझाव दिए । सहकारी संस्थाले वित्तिय अवस्थालाई अनुशरण अनिवार्य गर्न सकेमा सहकारी कहिल्यै संकटमा नजाने हुनाले बिन्धवासिनी जस्तो नमुना सहकारीले अन्य सहकारीलाई समेत आवश्यक समन्वय प्राविधिक तथा सिप प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमका नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बिन्धवासिनी हाल मात्र नभई सहकारी अभियानमा विगतदेखि नै पाठशालाको रुपमा परिचित रहि आएको र यसले सामुदायिक स्तरमा महत्वपूर्ण योेगदान पुर्याउन सफल भएको बताए । संस्थाले पहिलो चरणमा असोज ७ गते बनेपा, पाँचखाल, भकुण्डे र नयाँ बानेश्वर काठमाडौ क्षेत्रमा सभा सम्पन्न भएको गरेको थियो ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रम अन्र्तगत असोज ८ गते खोपासी, पनौती र ढुंखर्क क्षेत्रमा सभा सम्पन्न भएको गरेको थियो । दुई चरण कार्यक्रममा संस्थाले संस्थाको २०७८ / ०७९ प्रगति प्रतिवेदन, आ.व. २०७९ / ८० को संशोधित र २०८० / ८१ को प्रस्तावित कार्यक्रम ।

त्यसैगरी आ.व २०७८ / ०७९ को संचालक समितिको कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०७९ / ८० को संशोधित र आगामी आ।व। २०८० / ८१ को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७८ / ०७९ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८ / ०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, २०७८ / ०७९ को शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ता कोषको वितरण, संस्था एकीकरणलगायतका प्रस्ताव पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि लामाले जानकारी दिए ।

संस्थामा २ हजार १४५ समूह, ४६ हजार ३२१ सदस्य, ९ हजार १०१ जना शैक्षिक बाल बचतकर्ता रहेका छन् । संस्थाको शेयर पूँजी ४५,करोड ४ लाख ३५ हजार ८ सय, बचत रकम २ अर्व ९८ करोड ३३ लाख २५ हजार ६ सय ६३ रुपैयाँ रहेको छ । त्यसैगरी लगानीमा रहेको रकम ३ अर्व ५७ करोड १६ लाख ७४ हजार ५ सय ५० रुपैयाँ तथा कूल कारोबार ४ अर्व ४३ करोड ५६ लाख ४७ हजार ८ सय ३७ रुपैयाँ रहेमो प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए ।



Leave a comment