ललितपुर । गोदावरी नगरपालिका वडा नं १० मा रहेको सिम्रिक बहुउद्देश्यीय सहकारी संस्थाले एसईई सम्मान २०७८ तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । असोज भएको कार्यक्रममा २०७८ मा एसईई उतीर्ण गरेका संस्थाका शेयर सदस्यका छोराछोरी २७ जनालाई सम्मान गरिएको थियो भने दुईजना उत्कृष्ट विद्यार्थीलाई जनही ४८ हजार रुपैयाँ नगद छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रम बागमति प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतित्थ्यतामा छात्रवृत्ति वितरण गरिएको हो । सचिव निरौलाले सिम्रिक सहकारीले शिक्षाको क्षेत्रमा गरेको कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
त्यसैगरी जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीले वर्तमान विषम परिस्थितिमा सहकारी अभियानलाई सहि मार्गमा डोर्याउन सबैजनाको सहकार्य र सहयोग रहेको बताए । २०० जना शेयर सदस्यको उपस्थिति रहेको कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष प्रविण प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुशील आचार्यले गरेका थिए ।
Leave a comment