नवजागरण सहकारीको साधारण सभा : कोषमा ५ करोड ९१ लाख 

नवजागरण सहकारीको साधारण सभा : कोषमा ५ करोड ९१ लाख  :: Sahakari Akhabar

रामेछाप । मन्थलीका मुख्य कार्यालय रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले आश्विन १ गते देखि ७ गतेसम्म एकाईगत सभा गरेको थियो भने ८ गते शनिवार समापन सभा गरेको हो । संस्थाको आफ्नै भवनमा सस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता तथा मन्थलि नगरपालीकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको छ ।

समापन सभामा जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल नेफस्कून फिल्ड कार्यालय मन्थलीका सुर्य थापा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाघरेले सभामा शुभकामना मन्तब्य राखेका थिए ।

साधारण सभा समापन कार्यक्रममा आर्थिक बर्ष ०७८÷०७९ मा उत्कृष्ट कारोवार गर्ने नियमित बचतकर्ता शेयर सदस्य, जेष्ठ शेयर सदस्यलाई सम्मान तथा पुरस्कार बितरण गरेको छ । सभामा संस्थाको बार्षिक प्रगती बिबरण प्रस्तुत गरिएको छ ।

प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ४ करोड ५५ लाख ९९ हजार ५ सय रुपैयाँ, बचत ३९ करोड ९९ लाख ८७ हजार ९२ रुपैयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाले ०७९ असार मसान्तसम्म ३९ करोड १ लाख ४० हजार ८ सय १२ रुपैयाँ ऋण लगानी गरी १ करोड ५७ लाख २६ हजार ३ सय ८२ रुपैयाँ खुद बचत गरेको जनाएको छ । ७ हजार ७ सय ७० जना सदस्य रहेको संस्थाको ५ करोड ९१ लाख १३ हजार रुपैयाँ जगेडा कोष रहेको जनाइएको छ ।



Leave a comment