बनेपा बचतको साधारणसभामा जेष्ठ नागरिकलाई सम्मान

बनेपा बचतको साधारणसभामा जेष्ठ नागरिकलाई सम्मान :: Sahakari Akhabar

काभ्रे । बनेपा बचत तथा ऋण सहकारी संस्थाले साधारणसभाको अवसर पारेर जेष्ठ नागरिक सदस्यलाई सम्मान गरेको छ । संस्थाको २३ औं बार्षिक साधारणसभाको अवसर पारेर ८० बर्ष भन्दा माथि उमेरका जेष्ठ सदस्यलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा ९५ बर्षीय पूर्णकुमार ह्योजु, ९१ बर्षीय रत्नमाया मल्ली र  नारायणप्रसाद खुप्पा, ८९ बर्षीय कृष्णकुमारी मानन्धर, ८६ बर्षीय गौरीशंकर मानन्धर, ८३ बर्षीय जानकी कोख श्रेष्ठ, ८२ बर्षीय इश्वरी बैदार र ८० बर्षीय सुभद्रा ताम्राकार,  बासुदेव पोते, विष्णु कर्माचार्य छन् ।

बनेपा नगरप्रमुख शान्ती रत्न शाक्यले उनीहरुलाई नगदसहित सम्मानित गरेका हुन् । साधारणसभामा उत्कृष्ट बचतकर्ता मेलिना नेवा, लघुवित्त सदस्य कृति शाही, खुत्रुके बचतकर्ता आर्यन श्रेष्ठ र उत्कृष्ट ऋण कारोबार गर्ने रत्न श्रेष्ठ, अनिता दनुवार र क बहादुर पुलामीलाई सम्मान गरियो ।

उत्कृष्ट कर्मचारीको रुपमा रविना प्रधान, राधिका धिताल र उर्मिला श्रेष्ठललाई पुरस्कृत गरियो । कार्यक्रम बनेपा नगरप्रमुख शान्तीरत्न शाक्यले सहकारीलाई सामाजिक उत्तरदायित्वका काम गर्न अनुरोध गरे । उनले सुरक्षित बनेपा अभियानको लागि सिसिटिभी लगायतका उपकरण राख्न सहयोग गरिदिन पनि सहकारीलाई अनुरोध गरे ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सागरनाथ कपाली, काभ्रेपलाञ्चोक जिल्ला बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष विधान जोशी, बनेपा बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार राजु सरकार, अध्यक्ष अमन पोटे श्रेष्ठ, उपाध्यक्ष रहदेव पोटे, सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर लगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए।

२ करोड २५ लाख शेयर पुँजी रहेको सहकारीले २३ करोड ४८ लाख ऋण प्रवाह गरी कुल २९ करोड ३८ लाख २५ हजारको कारोबार गरेको संस्थाका सचिव जितेन्द्र नकर्मीले जानकारी दिए ।



Leave a comment