ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण हुने भएको छ । विहिबार भएको एकीकरण सम्झौतामा लालीगुँरासका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईले हस्ताक्षर गरे ।
एकीकरणका लागि संयोजन कार्यदल गठन भएको छ । कार्यदलमा लालीगुँरासका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट (सिए) गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै स्टारका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट (सिए) प्रयास श्रेष्ठ छन् ।
सहकारी ऐन–२०७४, नियमावली–२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका–२०७७ को अधिनमा रही एकीकरण गर्ने सस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Leave a comment