काठमाडौं । सरकारले विद्युतिय सवारीसाधन प्रयोगमा प्रोत्साहन गरिरहेका बेला थानकोटस्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले पनि विद्युतीय मोटरसाइकल खरिद गर्न ऋण दिने भएको छ । संस्थाले विद्युतिय सवारीसाधन कर्जा योजना सुरु गर्दै पहिलो चरणमा विद्युतीय स्कुटर/मोटरसाइकल खरिदका लागि ऋण दिन लागेको हो ।
संस्थाले विद्युतीय मोटरसाइकल किन्न २ वर्षका लागि ऋण दिने जनाएको छ । १६ प्रतिशत ब्याजदर तोकिएको यस योजनामा २४ किस्तामा ऋण चुक्ता गर्नुपर्ने ब्यवस्था गरिएको छ ।
अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) नाडा इलेक्ट्रिकल भेइकल सो–२०२२ को आयोजना गरिरहेकै बेला चन्द्रागिरीले वातावरणमैत्री मोटरसाइकल÷स्कुटरमा लगानी गर्ने योजना ल्याएको हो । वैकल्पिक उर्जामा सदस्यलाई प्रोत्साहित गर्ने र पेट्रोलियम पदार्थप्रतिको निर्भरता न्यूनीकरण गर्ने अभियानमा सघाउ पु¥याउने उद्देश्यले विद्युतीय सवारीसाधन कर्जा ल्याएको संस्थाले दावी गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रमा सघाउ पु¥याउने उद्देश्यले यस्तो कर्जा सुरु गरिएको बताए । ‘भरखरै सुरु गरेका छौं, अहिले तरलता पनि गत वर्षको भन्दा राम्रो हुँदै गएको छ’ उनले भने । सदस्यले रुचाएका आधारमा विद्युतीय कारमा समेत लगानी गर्ने योजना रहेको व्यवस्थापक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार तीन महिना अवधिमा १ सय वटा विद्युतीय मोटरसाइकल/स्कुटर मा कर्जा जान सक्ने बताए ।
चन्द्रागिरीले धितो राखेर लिएमा शतप्रतिशत कर्जा प्रवाह गर्ने छ । सवारीसाधन धितोमा भने ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने ब्यवस्था गरेको छ ।
Leave a comment