जनमुखी बचतको २५ औँ बार्षिक साधारण सभा : सदस्यलाई ८ प्रतिशतमै ऋण

जनमुखी बचतको २५ औँ बार्षिक साधारण सभा : सदस्यलाई ८ प्रतिशतमै ऋण :: Sahakari Akhabar

दोलखा । मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आश्विन १ गतेदेखि ५ गतेसम्म एकाइगत साधारण सभा गरेको हो । २५ औँ बार्षिक साधारण सभा तथा रजत महोत्सव संस्थाका अध्यक्ष माधवप्रसाद दहालको सभापतित्व र बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको छ ।

सभामा अध्यक्ष माधव प्रसाद दाहालले ससानो पुँजीलाइ संकलन गरी सदस्यहरूको आय आर्जन, रोजगारी सिर्जना तथा उनीहरूको आवश्यकता परिपूर्तिमा संस्थाले सहज रूपमा लगानी गर्दै आएको जनाएको छ । विश्व बजारमा देखिएको आर्थिक संकटले मुलुकको अर्थतन्त्रमा समेत प्रभाव पारेको भन्दै उनले जोखिम र संक्रमणकालिन अवस्थामा समेत सदस्यको विश्वासले संस्था उन्नतिको बाटोमा बढिरहेको उनले जनाए ।

सभामा संस्थाका सचिव लक्ष्मण चौलागाइले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले कृषि, व्यापारव्यवसाय, उद्योग, लघुवित्त, वैदेशिक रोजगार जस्ता क्षेत्रमा ऋृण लगानी गरी सदस्यहरूलाइ आर्थिक रूपमा सबल बनाउन लागिपरेको उनले बताए ।

सभामा कोषाध्यक्ष राजन केसीले आ व २०७८।७९ को वित्तीय विवरण पेश गर्दै २० हजार ३९१ शेयरसदस्य, १० करोड ९१ लाख ६७ हजार शेयरपुँजी, ७ करोड ६६ लाख जगेडा कोष, ८६ करोड ५ लाख बचत संकलन र १ अर्ब ४ करोड ५० लाख ऋण लगानी गरी २ करोड १५ लाख २१ हजार खुद बचत गरेको जानकारी दिए ।

संस्थाले सदस्यहरूलाइ ३६५ दिने सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले सदस्यमुखी कार्यक्रम अन्तर्गत साना कृषि तथा व्यापार गर्नेलाइ ८ प्रतिशत ब्याजदरमा २ लाखसम्म ऋण दिने भएको छ । यसैगरी व्यवसायिक तरकारी तथा फलफुल खेती गर्ने सदस्यलाइ अन्य ऋणभन्दा २ प्रतिशत कम ब्याजदरमा ऋण दिने, कृषकहरूलाइ कृषि औजार वितरण गर्ने समेत जनाएको छ ।

संस्थाले सदस्यहरूलाइ जटिल रोग लागेमा १० हजार रूपैया आर्थिक सहायता गर्ने, ७५ वर्ष उमेर पुगेका सदस्यहरूलाइ मासिक ५०० भत्ता उपलब्ध गराउने, अपांगता भएर रातो कार्ड प्राप्त गरेका सदस्यलाइ ५०० रूपैया र सुत्केरी भत्ता २००० दिने कार्यक्रमलाइ निरन्तरता दिने भएको छ ।

संस्थाले कार्यक्षेत्र भित्रका आधारभूत तह, मा वि र क्याम्पस तहमा पढ्रने विद्यार्थीहरूलाइ छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । संस्थाले सदस्यका लागि सहकारी तथा वित्तीय साक्षरता र कृषि तथा व्यवसायिक तालिम दिने योजना बनाएको छ ।

संस्थाका प्रमुख व्यवस्थापक भेष बहादुर मिजारले मुख्य कार्यालय सहित ६ वटा सेवा केन्द्रबाट सदस्यलाइ वित्तीय सेवाका साथै डिजिटल प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रदान गर्दै आएको जनाए । संस्थाले मोबाइल, मिस्ड कल, एसएमएस र इन्टरनेट बैंकिङका साथै कनेक्ट आइपीएस र क्यु आर पेमेन्ट जस्ता प्रविधिमैत्री सेवा दिँदै आएको छ ।



Leave a comment