बनेपा । बनेपास्थित यु एम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लक्ष्मीनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सहकारी संस्थाको रिक्त अध्यक्ष पदमा उपनिर्वाचनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि लेखा तथा सुपरिवेक्षण समिति संयोजक थिए ।
कार्यसमितिको रिक्त सदस्य पदमा सोमकाजी शाक्य निर्वाचित भएका छन् । कार्यसमितिमा उपाध्यक्ष रमादेवी श्रेष्ठ, सचिव मञ्जेश तौजले, कोषाध्यक्ष राजाराम तौजले, राजन श्रेष्ठ, समिर श्रेष्ठ सदस्य छन् । रिक्त भएकोे लेखा तथा सुपरिवेक्षण समितिको संयोजक पदमा रिता मानन्धर निर्वाचित भएकी छन् ।
रुसा श्रेष्ठ र विक्रम मानन्धर सदस्य छन् । रामप्रसाद मानन्धर संयोजक, रविकुमार केसी र वासुदेव खड्का सदस्य रहेको निर्वाचन समितिले ११ औं बार्षिक साधारणसभाको समापनमा घोषणा गरेको हो । ९ स्थानमा रहेका सेवा कार्यालय स्तरीय साधारण सभा गरेको सहकारीले असोज २ गते समापन गरेको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले कृषि, पशुपालन जस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै घर, जग्गामा लगानी नगर्न अनुरोध गरे । साधारण सभाले १२ प्रतिशत शेयर लाभाशं वितरण गर्ने र गरुड बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण गर्ने प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले जानकारी दिए ।
५ करोड ३ लाख ८२ हजार शेयरपुँजी रहेको संस्थाले ७६ करोड २७ लाख ५८ हजार कर्जा लगानी गरेर ९२ करोड ४४ लाख २१ हजारको कारोबार गरेको छ । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जितेन्द्र नकर्मी, पत्रकार नवराज बजगाई, नगेन्द्र अधिकारी, सहकारी संस्थाका अध्यक्ष रामशरण श्रेष्ठ, मानव संशाधन तथा सदस्य परामर्श विभाग प्रमुख चण्डिका वाग्लेलगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए ।
Leave a comment