विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघले विराटनगरमा पल्स तालिमको आयोजना गर्ने भएको छ । सहकारीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले पल्र्स तालिमको आयोजना गर्न लागिएको संघले जनाएको छ ।
भदौं ३० र ३१ गते नेफ्स्कून–जिल्ला बचत संघ मोरङको साझेदारीमा कोपोमिस सम्वन्धि दुई दिने तालिम आयोजना गरेको संघले सहकारीको हितको लागि विभिन्न तालिमहरु सञ्चालन गरिरहेको संघका वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोईरालाले जानकारी दिए ।
शुक्रबार कोपोमिस तालिमको समापन कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष कोईरालाले कोपोमिसमा आफ्नो सहकारीको डाटा अपडेट गरेपछि सरकारले देशमा चलिरहेका सहकारीको अवस्था थाहा पाउने र दोहोरो सदस्यताको पनि अन्त्य हुने बताए ।
सरकारले बाध्यकारी निति ल्याएकाले अवस्थामा अब कोपोमिसमा नगई सहकारी संस्थालाई सुख नभएको उनको भनाई छ । नेपालमा सहकारीमा आवद्ध सदस्य कति छन् भन्ने एकिन तथ्यांक नभएको अवस्थामा कोपोमिसले त्यो तथ्यांक निकाल्न सकिने भएकाले पनि सरकारले यसलाई महत्वका साथ लिएको कोईरालाले बताए ।
सहकारीलाई शुसाशित र गुणस्तरीय सहकारीको रुपमा विकास गर्नका लागि पनि कोपोमिस तालिमले सघाउ पुर्याउने उनको भनाई छ । सहकारीका सबै गतिविधि सुरक्षित र हामीले दिने सेवाहरु सबै गुणस्तरी भएभने संस्था पनि सुरक्षित हुने उनले बताए ।
अवका सेवाहरु प्रविधिमार्फत पनि दिनुपर्छ भन्ने वुझियो भने मात्र संस्थालाई अगाडि बढाउन सकिने बताउँदै कोईरालाले सरकारको कार्यक्रम भएता पनि छाता संघको काम पनि प्रविधि हस्तान्तरण र संस्थाको हितको लागि काम गर्ने भएकाले यस्ता तालिमहरुको आयोजना गर्ने गरेको बताए ।
विराटनगर महानगरपालिका सहकारी शाखाकी रोजी कार्कीले कसैले जवरजस्ती खुवाईदिएको खाना भन्दा आफुलाई भोग लागेको अवस्थामा आफै खोजी गरेर खाएको खानाले फाईदा जनक हुने बताउँदै कोपोमिसको भोकले तानेर तालिम लिने अवस्थासम्म ल्याएकाले खुसी लागेको बताईन ।
उनले भोलीका दिनमा महानगरपालिकाको कार्यक्षेत्रभित्र रहेका तालिममा सहभागि भएका संस्थाहरुले नियमित प्रतिवेदन पठाउनेमा आफु आशावादी रहेको बताईन । तालिमको समापन कार्यक्रममा बोल्दै तालिममा सहभागि मित्र बचत तथा ऋण सहकारी संस्थाका भिम बहादुर राणाले तालिमले डाटा अपडेटमा सहयोग पुगेको बताए ।
व्यक्तिगत कम्पनी जस्तो बन्न लागेका र अहिले बजारमा देखिएको समस्याका कारण सहकारी संचालकहरु निकै समस्या परिरहेको अवस्थामा यस्ता तालिमले हौंसला प्रदान गर्ने उनको भनाई थियो । हामी कसरी सुरक्षित बन्न सक्छौं भन्ने कुरा तालिमबाट सिकिएको उनले बताए ।
त्यसैगरी तालिममा सहभागि सिरेडी बचत तथा ऋण सहकारी संस्थाकी नेत्र भट्टराईले आफुले कोपोमिस चलाएको र अलिअल डाटा अपडेट गरेको भएपनि धेरै कुराहरु छुटाएको अनुभव भएको बताईन । तालिम पश्चात धेरै कुराहरु सिकिएको उनको भनाई छ । सदस्य ईन्ट्री, फाईलहरु अपडेट लगायतका कुराहरु सिकिएको उनले बताईन ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोग तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजनामा भएको तालिममा विराटनगर आसपासका ४० वटा भन्दा बढी सहकारीका व्यवस्थापक तथा सञ्चालकहरुको सहभागिता रहेको थियो । जिल्ला बचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले तालिमको सहजीकरण गरिरहेका छन् ।
Leave a comment