काठमाडौं । सीतापाईला बहुउद्देश्यीय सहकारीले डिटरजेन्ट पाउडरको प्रवर्धन् सुरु गरेको छ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले सीतापाईला सहकारी सस्थाबाट प्रवद्र्धित डिटरजेन्ट पाउडर उत्पादनको एक कार्यक्रमक बिच शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मेयर बस्नेतले यस क्षेत्रमा उदाहरणिय कार्य गरिरहेको बताए । उनले समुदायमा र सदस्यमा केन्द्रीत यस सहकारीले युवा उद्यमीहरुलाई प्राथमिकता दिएको बताए । यस्ता उद्यमीहरुलाई नगरपालिकाले बिषेश अनुदान समेत प्रदान गर्ने जानकारी दिए ।
संस्थाका अध्यक्ष केदार मानन्धरले संस्थाका सदस्यहरुलाई लधु उद्यम गर्न आवश्यकता अनुसार परियोजना निर्माण गर्ने, उद्यमशिलता तालिम र आवश्यकता अनुसार कर्जा उपलब्ध गर्ने गरिरहेको बताए । उनले हाल सम्म २ सय भन्दा बढि सदस्यहरु आवद्ध रहेर सदस्यहरुले उत्पादन गरेका सामानहरु सदस्य तथा उपभोक्तासम्म पुर्याउन संस्थाले बजारिकरणको जिम्मा लिएको जानकारी गराए ।
संस्थाले नागार्जुन र चन्द्रागिरि नगरपालिका क्षेत्रमा ललितपुरको सिकालि सहकारीबाट उत्पादित तोरिको तेलको बिक्री बितरण गरिरहेको जानकारी गराए । संस्थाका सचिव तथा एवान डिटरजेन्ट पाउडर कम्पनिका प्रोपाईटर सबिना शाक्यले स्वदेशी र गुणस्तरिय सामानको प्रयोग गर्न सकेमा ठूलो उपलब्धि हुने बताइन् ।
कार्यकममा नागार्जुन नगरपालिका वडा नं ४ वडाका अध्यक्ष लक्ष्मीराम शर्मा तथा संस्थाका निमित्त कार्यकारी प्रमुख अनिल कुमार मानन्धरले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment