हाइलाइट

सेयर पुँजी वृद्धि गर्दै स्वधन सहकारी

सेयर पुँजी वृद्धि गर्दै स्वधन सहकारी :: Sahakari Akhabar

ललितपुर । स्वधन बचत तथा ऋण सहकारी संस्थाले सेयर पुँजी वृद्धि गर्ने भएको छ । संस्थाको सेयर पुँजी १ करोड रहेकोमा आगामी दिनमा सेयर पुँजी बढाउँदै लैजाने सहकारीले जनाएको छ ।

संस्थाको १२ औं वार्षिक साधारणसभा अवसरमा सेयर पुँजी भन्दा २.७२ गुणा बढी निक्षेप भार रहेकाले सेयर पुँजी बढाउन लागिएको कोषाध्यक्ष रघुविर झाले बताए । संस्थाले २ करोड ८७ लाख निक्षेप संकलन गरी १ करोड ९१ लाख कर्जा प्रवाह गरेको छ ।

संस्थाका अध्यक्ष सुरेश महर्जनले आपसी मेलमिला र सहकार्यबाट सहकारीलाई उचाइमा पुर्याउने बताए । विश्वव्यापी महामारीका क्रममा विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभावबाट संस्था अछुटो नरहेपनि सक्रिय बचत र सहभागिताले उचाइमा लैजान सकिने उनले बताए ।

संस्थाका ३ सय १२ सदस्य छन् । संस्थाले ब्याजबाट ४३ लाख सहित ४९ लाख जम्मा आम्दानी गरेको छ । संस्थाले जम्मा मुनाफा ८ लाख गरेको जनाएको छ । संस्थाले ३ करोड ४९ लाख ऋण उठ्न बाँकी रहेको जनाएको छ ।



Leave a comment