ललितपुर । लगनखेलमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले एकैदिन शैक्षिक सम्मान, जेष्ठ सदस्य सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शेयर सदस्य तथा सदस्यका छोरा छोरि १०७ जनालाई सम्मान गरिएको छ ।
संस्थाले विद्यालय तह देखि एमफिलसम्म तथा इञ्जिनियरिङ, एम डिलगायतका विषयमा शैक्षिक उपाधि प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरेको हो । सबै तहमा उत्कृष्ट अंक हासिल गर्ने सदस्यका छोराछोरीलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । त्यसैगरी संस्थाले ६८ वर्ष माथिका जेष्ठ सदस्यलाई समेत सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाको वर्तमान अवस्था र कार्ययोजना प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले र सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईं वित्तीय साक्षरता सम्बन्धि प्रस्तुति गरेका थिए । कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित अध्यक्ष रामहरि बजगाइलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले हाम्रो साकोसले ललितपुर जिल्लामा धेरै सहकारी संस्था संगको संस्थागत सम्बन्ध र अभियानका गरेको योगदान र सुशासनकालागि लागीपरेको बताए ।
संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालले सस्तो लोकप्रियता भन्दा सुशासन र संस्थागत दिगोपनमा ध्यान दिन र यसका लागि सदस्यलाई संस्थामा नियमित उपस्थित भई सुझाव दिन अनुरोध गरे ।
Leave a comment