बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६, रमाइलोमा रहेको रमाइलो जनएकता र दलेली बचत तथा ऋण सहकारी एकिकरण हुने भएका छन् । बिहिबार एकता हुने दुवै संस्थालाई प्रदेश सहकरी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले एकिकरण हुने सम्बन्धी स्वीकृति दिएको छ ।
दुवै संस्थाले २०७९ भदौ ५ गते प्रदेश सहकरी कार्यालयमा एकिकरण गर्ने सम्बन्धी पत्र दिएका थिए । प्रदेश सहकारी ऐन २०७६, नियमावली २०७६ र प्रदेश सहकरी एकिकरण कार्यविधि २०७७ बमोजिम दुवै संस्था एकिकरण हुने छ । दलेली बचत तथा ऋण सहकारी संस्था वडा नं. २ को दलेली बजारमा रहेको छ ।
साकोसको ४ करोडको सम्पती रहेको रहेको छ । अव छिट्टै एक कार्यक्रमको आयोजना गरी संस्था औपचारीक रुपमा एकिकरण गरिने रमाइलो जनएकता संस्थाका अध्यक्ष भोलाप्रसाद अधिकारीले बताए । गत माघमा कानेपोखरी ६ मा रहेको दुई ठुला संस्था रमाइलो साकोस र जनएकता साकोस विच एकिकरण भएको थियो ।
Leave a comment