हाइलाइट

चमेली कल्याणकारी साकोसको २० औं वार्षिक साधारण सभा : नयाँ संचालक समिति चयन

चमेली कल्याणकारी साकोसको २० औं वार्षिक साधारण सभा : नयाँ संचालक समिति चयन :: Sahakari Akhabar

भक्तपुर । बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा अण सहकरी संस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले प्रमोद घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति र शालिकराम घिमिरेको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।

शनिबार संस्थाका अध्यक्ष चन्द्रराज खड्काको सभापतित्व तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा संस्थाका सचिव मिठमराम न्यौपानेले संस्थाको गत वर्ष सम्पन्न भएको कार्यक्रम र आगामी वर्षको कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेले संस्थाको वित्तीय अवस्था र आगामी वर्षको वजेट प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक प्रमोद घिमिरेले संस्थाको लेखा समितिको प्रतिवेदन पेस गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको आर्थिक वर्ष ०७८ / ०७९ मा ४ हजार २ सय ७७ जना सदस्य तथा ५ करोड २४ लाख २१ हजार ६ सय रुपैयाँ शेयर पूँजी पुगेको छ ।

त्यसैगरी ५५ करोड ७३ लाख ५० हजार ६ सय ३० रुपैयाँ बचत र ५७ करोड ८६ लाख ६५ हजार ९ सय ८५ रुपैयाँ ऋण लगानी रहेको जनाइएको छ ।

त्यसैगरी विभिन्न कोषमा १० करोड १८ लाख ७३ हजार ४ सय ५८ रुपैयाँ रहेको र संस्थाले २ करोड ४४ लाख रपैयाँ संचालन मुनाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाले जेष्ठ सदस्यहरुलाई तिर्थाटन,  कर्मचारी तथा संचालकलाई पूर्व नेतृत्व अभिमुखिकरण तालिम, सदस्यहरुलाई सहकारी शिक्षा तथा सदस्य बिच निवन्ध लेखन प्रतियोगिता लगायतको कार्यक्रम संचालन गरिएको जनाइएको छ ।

त्यसैगरी रक्तदान, स्वास्थ्य शिबिर संचालन, मठ मन्दिर सरसफाई, बालक्लब गठन, सदस्य सम्मानलगायतका कार्य गरिएको सभामा जानकारी दिइएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका उपाध्यक्ष कृष्णबहादुर धजु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्याय, राष्ट्रिय सहकारी बैंक ठिमी शाखा प्रमुख सीता भट्टराई, नेफ्स्कून ठिमी शाखाको प्रमुख पेशल कुमार खड्का, सहकारी संस्थाका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए । 



Leave a comment