हाइलाइट

नारी संकल्प बचत को नयाँ समिति चयन

नारी संकल्प बचत को नयाँ समिति चयन :: Sahakari Akhabar

मोरङ । उर्लाबारी–७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाको नयाँ समिति चयन भएको छ । संस्थाको शुक्रबार भएको मनोनयनमा चाहिएजति पदमा मात्र उम्मेद्वारी परेकोले सर्वसम्मत समिति चयन भएको हो ।

नयाँ समितिको अध्यक्षमा गोमा नेपालको मात्र उम्मेद्वारी परेपछि उनी सर्वसम्मत् अध्यक्षमा चयन भएकी छिन् । यद्यपि, निर्वाचन समितिले घोषणा भने गरेको छैन ।

यस्तै, उपाध्यक्षमा शोभा चेम्जोङ पालुङ्वा, सचिवमा शोभितमाया तामाङ, सहसचिवमा यमुना राई र कोषाध्यक्षमा चन्द्रदेवी दाहाल सर्वसम्मत् भएका छन् ।

यस्तै, सञ्चालक सदस्यमा निर्मला सिटौला, गीता घिमिरे, देवी सिटौला, रुकमणी अधिकारी, अरुणा थापा र अम्बिकादेवी कार्की सर्वसम्मत समिति चयन भएको हो ।

लेखा समिति संयोजकमा निर्मला घले, सदस्यमा चन्द्रकला खड्का प्रसाई र सेवनकुमारी बस्नेत कार्कीको मात्र उम्मेद्वारी परेको छ । नारी संकल्प सहकारीको वार्षिक साधारणसभा असोज ३ गते हुँदैछ ।



Leave a comment