काठमाडौं । बागमती प्रदेश सहकारी संघले सदस्य संघ संस्थाकालागि कोपोमिस तालिम संचालन गर्ने भएको छ । संघको शिक्षा तथा तालिम उप समितिले १ दिने कोपोमिस अभिमुखिकरण तालिम सञ्चालन गर्ने भएको हो ।
असोज ८ गते शनिवार संघीय सहकारी विभागका प्राविधिक विशेषज्ञबाट सञ्चालन हुने उक्त तालिमले सहकारी संघ र संस्थालाई आफ्नो संस्थाको तथ्यांक प्रविष्टि गर्न सहज हुने साथै सहकारी विभागको निर्देशन पालना गर्न सहायता पुग्ने आयोजकले जनाएको छ ।
तालिममा बागमती प्रदेशका विभिन्न जिलाबाट सहभागीहरु आउन सकिने जनाइएको छ । भक्तपुरको गठ्ठाघरमा रहेको अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको भवनमा हुन लागेको सो तालिम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा भाग लिन ईच्छुक सहकारी संघ तथा संस्थाका व्यक्तिहरुले असोज ६ गतेभित्र आफ्नो नाम दर्ता गराईसक्नुपर्ने संघका व्यवस्थापक रुपक घिमिरेले जानकारी दिए ।
Leave a comment