हाइलाइट

समाजवादी सहकारी संगठनमा ७३ सदस्यीय केन्द्रीय समिति ( नामावली सहित )

समाजवादी सहकारी संगठनमा ७३ सदस्यीय केन्द्रीय समिति ( नामावली सहित ) :: Sahakari Akhabar

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । बुधबार काठमाण्डौमा भएको घोषणा कार्यक्रममा नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो ।

नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी, विरेन्द्र यादव, धरणीधर अधिकारी रहेका छन ।

त्यसैगरी समितिको महासचिवमा देवराज न्यौपाने, सचिवहरू हरी शर्मा सुदर्शन मिश्र, किरण मोक्तान, टापबहादुर श्रेष्ठ र राधा कडरिया रहेका छन ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित समाजवादी सहकारी संगठनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताए ।


 



Leave a comment