बनेपा । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको १९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका सदस्यहरुलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्व तथा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाले संस्थाका सचिव दियेसरत्न शाक्य, कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी तथा लेखा सुपरीवेक्षण समितिका संयोजक शान्तिराज कायस्थले पेश गरेको प्रतिवेदन पारित गरेको छ । आर्थिक बर्ष २०७८।०७९ सम्ममा संस्थामा कुल सदस्य संख्या २४९०, जगेडा तथा अन्य कोष गरी कुल रु ५ करोड ११ लाख ४४ हजार, कुल शेयर पुँजी ५ करोड २६ लाख ९ हजार, कुल बचत ७८ करोड ३२ लाख ८३ हजार, कुल कर्जा सापट ७३ करोड ८४ लाख २४ हजार पुगेको छ ।
त्यसैगरी कुल आम्दानी ९ करोड ५८ लाख ६५ हजार, कुल खर्च ७ करोड ५७ लाख ५७ हजार भएको छ भने संस्थाको कुल सम्पत्ति ९० करोड १० लाख ६२ हजार पुगेको छ । सभामा ८० वर्ष र सो भन्दा बढी उमेर भएका जेष्ठ शेयर सदस्यहरुलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट बचत तथा ऋणमा कारोबार गर्ने शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि शान्तिरत्न शाक्यले संस्थाले नगरपालिकाको कुनै पनि कार्यक्रममा सहयोग गर्नु पर्ने उल्लेख गरे ।
विशिष्ठ अतिथि काभ्रे जिल्ला बचत तथा ऋण सहकारीका उपाध्यक्ष तथा बनेपा नगर पालिकाका सहकारी संयोजक सागरनाथ कपालीले संस्थाले संस्था नीति, विधि, प्रविधि र प्रणाली अनुसार संचालन भई शेयर सदस्यहरुको मन जित्न सफल भएको बताए ।
संचालक सदस्य दिब्यश्वरी लाखे पोटेले सञ्चालन गरेको सभामा, प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले स्वागत गरेका थिए भने संस्थाका अध्यक्ष श्री पूर्ण प्रसाद पलाञ्चोकेले धन्यवाद ज्ञापन गर्दै सभा बिसर्जन गरेका थिए ।
Leave a comment