भक्तपुर । गठ्ठाघरमा रहेको अन्नपूर्ण बहुमुखी सहकारीको २५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले भदौ ६ गेदेखि १० गेसम्म सेवाकेन्द्र तथा मुख्य कार्यालयमा उपस्थिति सभा गरि भदौ १२ गते निणर्य प्रमाणिकरण सभा गरेको हो ।
निणर्य प्रमाणिकरण सभामा संस्थाका अध्यक्ष देवराज न्यौपानेले आफ्नो मन्तब्य राखेका थिए । उनले संस्थामा ४५ सय सदस्य तथा १ अर्वको वासलात पुर्याउन सफल भएको बताए । कार्यक्षेत्र बिस्तारका साथै संस्थाले बहुउद्देयीय प्रकृतिको काम अन्तर्गत अन्नपूर्ण फलफूल तथा तरकारी बजार संचालन गरेर प्रत्यक्ष ४ सय जना तथा अप्रत्यक्षरुपमा एक हजार जनालाई रोजगार प्रदान गरेको जानकारी गराए ।
सभामा संस्थाका सचिव श्याम सुन्दर बस्नेतले संचालक समिकिो प्रतिवेदन तथा कोषाध्यक्ष राजकुमार श्रेष्ठले संस्थाको बार्षिक बजेट तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । आर्थिक वर्ष ०७८/०७९को प्रतिवेदन अनुसार संस्थामा ८ करोड ७५ लाख ८१ हजार शेयर पूँजी तथा ६६ करोड २० लाख ४४ हजार बचत रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाले ८२ करोड ५३ लाख ७७ हजार ऋण लगानी तथा ९७ करोड ४६ लाख ३४ हजार कुल सम्पति रहेको जनाइएको छ । संस्थाले उक्त आर्थिक वर्षमा ५४ लाख १६ हजार कुल संचालन मुनाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले सहकारी शिक्षा शिबिर, कर्मचारी क्षमता अभिबृद्धि कार्यक्रम, सदस्य राहत कोषमार्फत सदस्यको उपचार खर्च, किरिया खर्चलगायत विभिन्न सामाजिक कार्य गरेको जनाइएको छ।
Leave a comment