बुटवल । रुपन्देही बचत तथा ऋण सहकारी संघले सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि अभिमुखिकरण तालिम दिएको छ।
संघले भदौ २८ गते सदस्य संस्थाहरुलार्य एक दिने सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो।
तालिममा सम्पत्ति सुद्धिकरण सम्बन्धमा भएका प्रचलित ऐन नियम तथा सहकारी संस्थाहरुले पुरा गर्नु पर्ने कानुनी दायित्वका बारेमा छलफल गरिएको थियो ।
संघले सदस्य संस्थाहरुको क्षमता अभिबृद्धिका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारी तथा ब्यवस्थापक गरि ८४ जनाको सहभागिता रहेको थियो ।
संघका सञ्चालक तथा शिक्षा उपसमिति संयोजक भरतराज भुसालले सहकारीमा जनशक्ति विकासमा हुने खर्चलाई संस्थाले लगानीको रुपमा लिनु पर्ने र जनशक्ति विकासमा यथेष्ट ध्यान दिन अनुरोध गरे । उनले सञ्चालकहरु ब्यवस्थापक बन्ने र ब्यवस्थापकहरुलाई लेखापाल बनाएका संस्थाहरुमा संकट आएको बताए ।
भुसालले ब्यवस्थापकहरुलाई सहि अर्थमा ब्यवस्थापक बनाउन उनिहरुको क्षमता विकास गर्न र संस्थामा लिखित विधि र कानूनको निसर्त परिपालना गर्नुपर्ने बताए । बचत संघका अध्यक्ष प्रकाश भट्टराईले नीति, विधी र प्रबिधि विना अव साकोस अभियान अगाडि नबढ्ने कुरा बताए ।
तालिमलाई नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले सहजीकरण गरेका थिए । उपाध्यक्ष कृष्ण चौहान क्षेत्रीले स्वागत गरेको कार्यक्रममा संघका सञ्चालक रामप्रसाद आचार्य, नेफ्स्कून बुटवलका प्रमुख छत्रप्रसाद धमला र राष्ट्रिय सहकारी बैंक बुटवलका प्रबन्धक नारायण बेल्वासेले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन संघका ब्यवस्थापक तथा नेफ्स्कून संगको साझेदारी कार्यक्रमका फोकल पर्सन शर्मिला भट्टराई गौतमले गरेकी थिइन् ।
Leave a comment