भक्तपुर । सूर्यबिनायक नगरपालिका ४ मा रहेको हिन्चोक भैरव बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष माधव बस्नेतको सभापतित्वमा सम्पन्न सभामा कोषाध्यक्ष बासुदेव बस्नेतले आर्थिक वर्ष ०७८ /०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले ९ सय ८८ जना सदस्य १ करोड ४८ लाख २ हजार ४ सय रुपैयाँ शेयर पूँजी तथा ८ करोड ५९ लाख ५६ हजार निक्षेप संकलन गरेको जानकारी दिए । त्यसैगरी संस्थाले १० करोड ३८ लाख ७ हजार ऋण लगानी गरी १ करोड ४९ लाख ४० हजार आम्दानी भएको जनाए ।
त्यसैगरी १० करोड ६२ लाख १२ हजार सम्पति तथा दायित्व रहेको जानकारी दिए । संस्थाको जगेडा कोषमा २२ लाख ४७ हजार ५ सय ४९ रहेको छ । सभामा संस्थाका सचिव रामेश्वर न्यौपानेले संस्थाको आर्थिक वर्ष ०७८/ ०७९ को कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
Leave a comment