भक्तपुर । सूर्यबिनायक ६ मा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा बोल्दै अध्यक्ष दोबरलाल सिलाकारले संस्थाको सेवासुविधालाई अझै परिष्कृत, प्रविधिमैत्री, सरल, सहज तथा उपलब्धीपूर्ण बनाउन लागिपरेको बताए ।
सम्पूर्ण वित्तीय समाधानको उत्कृष्ट प्रतिष्पर्धी सहकारी संस्थाको रुपमा स्थापना गर्न लागिएको अध्यक्ष सिलाकारले बताए । संस्थाको सेयर चुक्ता पुँजी अघिल्लो वर्ष ५० हजार रहेकोमा गत वर्षसम्म ७४ लाख पुगेको छ । बचत तथा निक्षेप हिसाब ६ करोड ६६ लाख छ । कर्जा तथा सापटी लगानी ५ करोड १६ लाख रहेको सभामा जानकारी दिइयो ।
Leave a comment