नगरपालिकाभित्र संचालित सहकारीलाई सूचिकरण हुन सूर्यविनायकको निर्देशन

नगरपालिकाभित्र संचालित सहकारीलाई सूचिकरण हुन सूर्यविनायकको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । सूर्यविनायक नगरपालिकाले नपरपालिकाभित्र संचालनमा रहेका सहकारीहरुलाई सूचिकरण हुन निर्देशन जारी गरेको छ । संघिय सहकारी विभाग, प्रदेश सहकारी विभागका साथै अन्य स्थानिय तहमा दर्ता भएपनि सूर्यविनायकभित्र संचालन रहेका सहकारीहरुलाई सुचिकृत हुन निर्देशन गरेको हो । 

नगरपालिकामा दर्ता नभएपनि यसको कार्यक्षेत्रभित्र संचालनमा रहेका सहकारीहरुको समेत अभिलेख राख्ने उद्देश्यले सूचिकरणको व्यवस्था गरिएको सहकारी, उपभोक्ता हित संरक्षण तथा गैरसरकारी संस्था शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । 

नगरपालिकाले साउन १० गते जारी गरेको सूचनामा सूचिकरणका लागि ३५ दिनको समयसीमा दिएको छ । उक्त समयभित्र आवश्यक प्रमाण र कागजातसहित सम्पर्क राख्न भनेको छ । तोकिएको समयभित्र नविकरण नगर्ने सहकारीहरुलाई सहकारी ऐन तथा कानुन अनुसार कारवाही हुने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ । 
 



Leave a comment