केन्द्रीय उपभोक्ता सहकारी  संघमा चौलागाई निर्वाचित

केन्द्रीय उपभोक्ता सहकारी  संघमा चौलागाई निर्वाचित :: Sahakari Akhabar

काठमाडौं । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघमा नयाँ नेतृत्व चयन भएको छ । टेकप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । चौलागाई राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत हुन् । यसअघि उनले काठमाडौं जिल्ला सहकारी संघको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

संघ लामो समयदेखि निश्क्रिय थियो । ४/५ वर्षसम्म साधारणसभा हुन हुन सकेको थिएन । नयाँ नेतृत्व निर्वाचित भएसँगै संघले अब रचनात्मक गतिविधि सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष चौलागाईले बताए ।

संघको पदेन निवर्तमान अध्यक्ष दीपकराज पौडेल, उपाध्यक्ष शिवगोपाल थापा, महासचिव अर्चना अमात्य, कोषाध्यक्ष रामचन्द्र अर्याल निर्वाचित भएका छन् । सदस्य चन्द्रा पराजुली, नारायण रिमाल, गोविन्द रिमाल, चेतनारायण यादव, दीपक घिमिरे, चन्द्र ठकुरी, रेखा अर्याल निर्वाचित भएका छन् । 

त्यस्तै लेखा संयोजकमा लक्ष्मण महर्जन, सदस्य कमल कँडेल र सूर्यप्रसाद शर्मा चौलागाईं निर्वाचित भएका छन् ।

 



Leave a comment