काठमाडौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ १३ औं वर्षमा प्रवेश गरेको छ । २०६७ साल असार १६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको संस्थामा हाल करिब १३ हजार सदस्य पुगेका छन् ।
स्थापनाको दिवसको अवसर पारेर संस्थाले शनिबार नेपाल हर्ट फाउण्डेशन काठमाडौं जिल्ला शाखासँगको सहकार्यमा मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा औषधी बितरण कार्यक्रमका साथै नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । यसैगरी स्वास्थ्य परिक्षणमा ३२१ जनाको मुटु चेक अप, १४४ जनाको इसिजी गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको संस्थाले जनाएको छ ।
यसअघि पनि संस्थाले माझी, मुसहर बस्तीका निर्माणकर्ता, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाका परिकल्पनाकार, एबं हास्य कलाकार दम्पती सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली), राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुन, कोभिड–१९ बिरुद्धको लडाई तथा रोत्रथाम र उपचारको लागी काठमाडौं महानगरपालिका–७ लाई आर्थिक सहयोग गर्नुका साथै नेपाल विद्युत प्राधिकरणाका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाण्डौ हर्ट फाउण्डेसन लगायत बिभिन्न ब्यक्ती तथा संघ संस्थालाई सम्मान समेत गरेको छ ।
यस्तै मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा स्थानीय संघ संस्थासँगको समन्वयमा विभिन्न सामाजिक कार्य, बृक्षारोपण लगाउतका बिभिन्न कार्य समेत गरेको तथा आगामी दिनमा यसलाई निरन्तरता दिने प्रशासकिय अधिकृत दिपक पुडासैनीले जानकारी दिए ।
Leave a comment