हाइलाइट

प्रविधि सिक्दै सहकारी सञ्चालक

प्रविधि सिक्दै सहकारी सञ्चालक :: Sahakari Akhabar

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले ११ वटा महिला सहकारीका पदाधिकारीका लागि विवरण र सूचना व्यवस्थापन प्रणाली तालिम शुरु भएको छ । तालिममा नगरपालिका भित्रका महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरु सहभागि छन् ।

कम्प्युटर पद्धतीबाटै सहकारीको आय व्यय हिसाब, विवरण एकिकृत तथा तथ्यांक प्रविष्ट गर्न सक्ने क्षमता विकासका लागि नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले तालिम आयोजना गरिएको प्रमुख सरिता तामाङले जानकारी दिइन् ।

सहकारी क्षेत्रको सूचना, तथ्यांक हरुलाई नियमित, विश्वासनीय र वास्तविक बनाई व्यवस्थापन गर्ने तथा सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ । जस अन्तर्गत प्राविधिक सीप प्रदानगर्ने काम भइरहेको जनाएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने तालिम वित्तिय अवस्था तथा जोखिम अवस्थाबारे जानकार हुन, वित्तीय विश्लेषण गर्न सहज बनाउने तथा लेखा परिक्षण गराउने कार्यका बिषयमा पनि प्रशिक्षण दिइने प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार दाहालले जानकारी दिए । तालिममा महिला सहकारी संस्थाका व्यवस्थापक, कोषाध्यक्ष, सदस्य र प्रतिनिधिको सहभागिता रहेका छन् ।



Leave a comment