झपा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई एकदिने प्राविधक तालिम दिएको छ । संस्थाको शनिश्चरे सेवा केन्द्रले संस्थाका पशुपालक उद्यमी सदस्यलाई एकदिने प्राविधक तालिम दिएको हो ।
संस्थाले अर्जुनधारा–६ स्थित दासपुलमा बंगुरपालक कृषकहरुलाई शनिवार तालिम प्रदान गरेको हो । सेवा केन्द्रले प्राविधिक तालिमका साथै पशुकालागि औषधी समेत बितरण गरेको छ ।
तालिममा ४० जना सदस्यहरुको सहभागीता रहेको तालिमका सहजीकर्ता डा. कमलेश्वर भाटले जनाए । तालिममा संस्थाका बिर्तामोड कार्यालयका अनुगमन अधिकृत धनश्याम रायले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
तालिममा कृषकहरुलाई पशुका लागि जुका, आइरन, आइभी म्याक्ट, सार्को फेरललगायतका औषधि वितरण गरिएको थियो । पशुपालक कृषकलाई दाना बनाउन समेत सिकाइएको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया