हाइलाइट

दक्षिण बाराही महिला साकोसका सदस्यको स्वास्थ्य परिक्षण

दक्षिण बाराही महिला साकोसका सदस्यको स्वास्थ्य परिक्षण :: Sahakari Akhabar

भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ ।

संस्थाको स्वास्थ्य उपसमितिका संयोजक पार्वती घिमिरे भण्डारीको संयोजकत्वमा स्त्रीरोग परीक्षण कार्यक्रम सम्पन्न गरेको हो।

जेठ १४ गरेको भक्तपुर क्यान्सर अस्पतालको  प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १७७ जना सदस्यहरूको स्वास्थ्य परीक्षण गरिएको छ।

संस्थाको वार्षिक नियमित कार्यक्रम अन्तर्गत यो पटक स्त्रीरोग परीक्षण कार्यक्रम सम्पन्न गरेको संस्थाकी ब्यवस्थापक दिपा क्षेत्रीले जानकारी दिइन् ।



Leave a comment