काठमाडौं । नेपालटारमा रहेको नयाँ पुस्ता बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसकोको अवसरमा सामाजिक संस्थालाई सहयोग गरेको छ ।
संस्थाको १० औ स्थापना दिवसको अवसरमा जेठ १२ गते संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको नवजीवन परोपकार समाज तारकेश्वर (७, फुटुङ) मा खाद्यान्नलगायतको सहयोग गरेको हो । संस्थाको स्थापना दिवसमा परोपकार समाजमा आश्रीत अशक्त जेष्ठ नागरिक तथा बालकहरुलाइ भोजन ब्यबस्थापनको लागि सहयोग गरेको संस्थाका अध्यक्ष पुस्कर सापकोटाले जनाए ।

Leave a comment