हाइलाइट

सहकारीकर्मी गुरागाइ नगरपालिकाको मेयरमा निर्वाचित

सहकारीकर्मी गुरागाइ नगरपालिकाको मेयरमा निर्वाचित :: Sahakari Akhabar

मोरङ । सहकारीकर्मी केदार प्रसाद गुरागाइ मोरङको सुन्दरहरैचा नगरपालिकाको  मेयरमा निर्वाचित भएका छ्न । नेकपा एमालेबाट उम्मेदवारी दिएका गुरागाइले २१४०५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव प्रसाद ढकालले २०६७८ मत प्राप्त गरेका थिए ।

गुरागाइ सुन्दरहरैचामा रहेको मिलिजुली बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष हुन । २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर जितेका ढकाल दोस्रो कार्यकालका लागि भने पराजित भए । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा पनि नेकपा एमालेकी अकली चैधरी २२४५२ मत सहित बिजयी भएकी छिन ।

उनका प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंलेले ११३०० मत मात्र प्राप्त गरे । निर्वाचित भएपछी उनले सहकारीलाइ प्राथमिकतामा राखेर काम गर्ने बताएका छ्न ।



Leave a comment