चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाको मेयर उपमेयर पदमा उम्मेदवारी दिएका सहकारीकर्मीहरुलाई जनताले पत्याएनन् । लामो समय सहकारी क्षेत्रमा लागेको व्यक्तिहरु जनप्रतिनिधि बन्ने आशमा स्थानीय तहको निर्वाचनमा होमिएका थिए ।
लामो समय सहकारी अभियानमा सक्रिय जिल्ला सहकारी संघ मोरङका सल्लाहाकार रामचन्द्र गौतम महानगरको मेयर पदमा उम्मेदवारी दिएका थिए भने जिल्ला सहकारी संघ मोरङको सञ्चालक समिति सदस्य माया ओझाले उपमेयर पदमा उम्मेदवारी दिएकी थिईन ।
भोट माग्न सहकारी सहकारी धाएका उनीहरुलाई कसैले विश्वास गरेनन् । सहकारीमा आवद्ध व्यक्तिहरुको भोटले जित्ने विश्वास उनीहरुमा थियो । दुवै जनाले नेपाली कांग्रेस विपीबाट उम्मेदवारी दिएका थिए । सहकारीकर्मीको सहाराले जित्ने आश गरेका मेयर पदका उम्मेदवार रामचन्द्र गौतमले ४० मत मात्र प्राप्त गर्न सके । उनलाई सहकारीकर्मीहरुले त परको कुरा सहकारीका अभियान्ताहरुले नै पत्याएनन् ।
महानगरको उपमेयर हुने आशमा उम्मेदवारी दिएकी माया ओझाले भने केही बढी मत ल्याएकी छिन् । हाम्रो सहकारीको मत नै धेरै छन् भन्दै जनप्रतिनिधि बन्ने आशमा उम्मेदवारी दिएकी उनले १२२ मत प्राप्त गरिन ।सहकारीमा महिलाको सहभागिता धेरै भएकाले महिलाको मत आउने आश ओझाको थियो । तर उनले सोचे अनुसारको मत आएन । सहकारीकर्मीहरुले नै नपत्याउँदा उनीहरु दुवै जनाको जमानत जफत भएको छ ।
Leave a comment