हाइलाइट

बाग्मती प्रोस्कूनका तीनजना सञ्चालक जनप्रतिनिधिमा निर्वाचित 

बाग्मती प्रोस्कूनका तीनजना सञ्चालक जनप्रतिनिधिमा निर्वाचित  :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) का  तीन जना सञ्चालकहरु स्थानीय तहका विभिन्न पदमा निर्वाचित भएका छन् । कोषाध्यक्ष टापबहादुर श्रेष्ठ धादिङको बेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत) समाजवादीबाट उम्मेदवारी दिएका श्रेष्ठले ५ हजार ९ सय १ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धी एमालेका हिरादेवी रेग्मीले ४ हजार ६ सय ६७ मत ल्याइन् । सञ्चालक चक्रबहादुर बस्नेत सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा न ६ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेबाट उम्मेदवारी दिएका बस्नेतले निकटम प्रतिष्पर्धीलाई ४४ मतले पछि पार्दै वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनले १ हजार ९ सय ९७ मत ल्याउँदा उनका प्रतिष्पर्धी कांग्रेसका रामबहादुर थापाले १ हजार ३ सय ५३ मत ल्याए । त्यस्तै बागमती प्रोस्कुनका सञ्चालक ओमप्रसाद आचार्य रसुवाको उत्तरगया गाउपालिका वडा नं ५ को वडा सदस्यमा निर्वाचित भएका छन् । उनी ६ सय १२ मत ल्याएर सदस्यमा विजयी भएका हुन् ।



Leave a comment