काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले शनिबार र आईतबार दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । आईतबार सेवा संचालन गर्न प्रारम्भिक सहकारी संस्थाहरुबाटै चर्को दवाव आएपछि नेफ्स्कूनले आफ्नो निर्णय फिर्ता लिएको हो ।
आईतबार सहकारी संस्थाहरुका लागि नगद कारोबार गर्न सक्ने गरी काउन्टर मात्र संचालन गर्ने निर्णय गरिएको नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले जानकारी दिए । यसअघि बैशाख २९ गते मार्गदर्शन जारी गर्दै नेफ्स्कूनले जेठ १ गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर, अधिकांश सहकारी संस्थाहरुले आईतबार सेवा संचालन गर्न थालेपछि सेवा संचालन गर्न नेफ्स्कूनलाई दवाव बढेको थियो ।
नेफ्स्कूनले आईतबार ११ बजेदेखि ४ः३० बजेसम्म नगद कारोबारको समय तोक्नुका साथै संस्थालाई १० लाख र संघलाई ३० लाखसम्मको भुक्तानी सिमा तोकेको छ । सहकारी बैंकले पनि आइतबार कारोबार समय भने बिहान ११ः०० बजेदेखि दिउँसो ४ः३० बजे सम्म तोक्नुका साथै नगद भुक्तानी सिमा पनि प्रति संस्था १० लाख रुपैयाँसम्म तोकेको छ ।
पहिलो सूचना दोश्रो सूचना

Leave a comment