हाइलाइट

रोयल साकोसका ४ जना जनप्रतिनिधिमा चयन

रोयल साकोसका ४ जना जनप्रतिनिधिमा चयन :: Sahakari Akhabar

तनहुँ । दुलेगौडा खैरेनीटार ४ को रोयल बचत तथा ऋण सहकारी सस्थाका संचालक तथा सदस्य गरि चार जना जनप्रतिनिधिमा विजयी भएका छन् । संस्थाका अध्यक्ष कृष्णराज पण्डित, कोषाध्यक्ष राजकुमार वाग्ले, सदस्य बुद्धीबहादुर थापा र कमला देवी धमला पौडेल जनप्रतिनिधिमा निर्वाचित भएका हुन् ।

संस्थाका अध्यक्ष कृष्णराज पण्डित शुक्लागण्डकी नगरपालीकाको मेयर पदमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका पण्तिले १२२६३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार मुक्तिनाथ तिम्सिनाले ९८४० मत प्राप्त गरेका थिए ।

त्यसैगरी संस्थाका कोषाध्यक्ष राजकुमार वाग्ले शुक्लागण्डकी नगरपालीका वडा न४ को अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका वाग्लेले ७७८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार विष्णुबहादुर रानामगरले ६४८ मत ल्याएका थिए ।

त्यसैगरी शेयर सदस्य बुद्धी बहादुर थापा शुक्लागण्डकी नगरपालीका वडा न६ को अध्यक्ष पदमा विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार थापाले १२७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रवी केसीले ५९२ मत पाएका थिए ।

संस्थाका सदस्य कमला देवी धमला पौडेल शुक्लागण्डकी नगरपालीका वडा नम्बर २ को सदस्य पदमा निर्वाचित भएकी छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार बनेकी धमला पौडेलले ९४३ मत पाएकी छन् ।



Leave a comment