सुर्खेत । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मेहलकुनामा सहकारीको २७ औं सेवाकेन्द्र तथा गार्डेन मार्टको १८ औ शाखा सञ्चालनमा ल्याएको छ । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उप प्रमुख मैना विकले संयुक्त रुपमा शाखा सञ्चालनको शुभारम्भ गरे ।
उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने र सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउने उदेश्यले यहाँ सहकारी र मार्टको शाखा सञ्चालनमा ल्याइएको हो । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले सहकारी र मार्ट दुवैकोे सञ्चालनले स्थानीय नागरिकलाई आधुनिक सेवा लिन सजिलो हुने विश्वास ब्यक्त गरे । ‘यसले हाम्रो ठाउँमा व्यवसायिक गतिविधि बृद्धि हुनेछ र स्थानीयलाई आयआर्जनका लागि पनि सहयोग पुग्नेछ’ प्रमुख पुनले भने ।
सहकारीका सुर्खेत प्रमुख चन्दन थापाका अनुसार यो मार्टमा दैनिक उपभोग्यबस्तु, चामल, चिनी, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौना उपलब्ध छन् । महिलाका लागि श्रृंगारका सामग्रीहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरण मार्टमा उपलब्ध छन् । शुभारम्भको अवसरमा यी सामग्री खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत व्यवस्था गरिएको थियो ।

Leave a comment