काठमाडौं । सहकारीकर्मी शिबप्रसाद कट्टेल पराजित भएका छन् । पर्यटन केन्द्रीय सहकारी संघका उपाध्यक्ष एवम् ललितपुर जिल्ला पर्यटन सहकारी संघका अध्यक्षसमेत रहेका कट्टेल भारी मतले पराजित भएका हुन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कट्टेललाई पछि पार्दैै एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ विजयी भएका हुन् ।
एमालेका श्रेष्ठले ९ हजार ३ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कट्टेलले ५ हजार ६ सय ५८ मत मात्रै प्राप्त गरे । पराजित भएपछि कट्टेलले फेसबुकमा लेखेका छन्,‘स्थानीय निर्वाचनको मत परिणामले म पराजित भए पनि मलाई दुख लागेको छैन किनकि प्रतिष्पर्धामा जीत वा हार हुन्छ । यो स्वाभाभिक प्रक्रिया हो ।’
निर्वाचनमा मत परिणामले हारे पनि मतदाताको माया, ममता, सद्भाव र स्नेहबाट नहारेको उल्लेख गरेका छन् । ‘तपाईहरुकै दुःख सुखमा एकाकार भई जनसेवा गरिरहने प्रण गर्दछु’ उनले फेसबुकमा लेखेका छन् ।
Leave a comment