हाइलाइट

सहकारीकर्मी बस्नेत वडा अध्यक्षमा निर्वाचित

सहकारीकर्मी बस्नेत वडा अध्यक्षमा निर्वाचित :: Sahakari Akhabar

विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्दोदय बचत तथा ऋण सहकारी सस्थाका सचिब बासुबहादुर बस्नेत ३ नम्बर वडाको वडा अध्यक्षमा निर्वाचित भएका छन ।  नेकपा एमालेबाट उम्मेदवार भएका   बस्नेत प्यानल सहित  वडाध्यक्षमा निर्वाचित भएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले घोषणा गरेको मतगणनाको अन्तिम परिणाम अनुसार बस्नेतले कांग्रेसका कमल कुमार पुडासैनीलाई ४४५ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा प्यानलै निर्वाचित भएका हुन् ।

बस्नेतले २ हजार ३८३ मत प्राप्त गरे । कांग्रेसका पराजित पुडासैनीले १ हजार ९३८ मत ल्याएका हुन् । वडा नं। ३ को वडा सदस्यमा एमालेका ढुंडिराज पोखरेलले २ हजार ३२६ र सुरज न्यौपानेले २ हजार ३०२, महिला सदस्यमा मालिका निरौलाले २ हजार ४६४ र दलित महिला सदस्यमा अरुणा परियालले २ हजार ४७५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

निर्वाचित बस्नेतले महानगरका सहकारीहरुलाइ उत्पादनको छेत्रमा लाग्न प्रेरित गर्ने बताए । एकीकरण गर्न प्रोत्साहन गर्ने र साना साना पुजीका सहकारीहरु एकत्रित गर्ने उनको भनाइ छ । साना साना सहकारीको पुजि एकत्रित गरेर ठूलो बनाउन सक्दा उत्पादनको क्षेत्रमा  काम गर्न पनि सकिने उनले बताए ।



Leave a comment