काठमाडौ । बनस्थलीमा रहेको उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्था र रिलायन्स लाईफ इन्स्योरेन्स बिच सदस्यहरूको विमा गर्न सम्झौता भएको छ ।
सस्था र जीवन विमा कम्पनि बीच एक कार्यक्रम विच संस्थाका लघुवित्त कार्यक्रममा आवद्ध भएका सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता भएको हो ।
इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सहकारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन खनालले सम्झौतामा हस्ताक्षर गरेका छन ।
सस्थाले सदस्यको मन जित्न सदस्यमुखि योजना ल्याएर सदस्यको आर्थिक, समाजिक उन्नतिमा थप कार्यक्रम ल्याउने संस्थाका प्रमुख कार्यकारी अधिकृत खनालले बताए ।
संस्थाले विपन्न वर्गका सदस्यहरुमा उद्यमशिलता विकास गर्नका लागि विना भेदभाव “सवैका लागि, सधैका लागि” भन्ने मुलमन्त्रका साथ लघुवित्त कार्यक्रम संचालन गरिरहेको जनाइएको छ ।
Leave a comment