हाइलाइट

सहकारीकर्मी विस्ट गाउपालिका उपाध्यक्षमा पराजित 

सहकारीकर्मी विस्ट गाउपालिका उपाध्यक्षमा पराजित  :: Sahakari Akhabar

बिराटनगर । सहकारिकर्मी तुलसा कुवर बिस्ट मोरङको बुढिगङगा गाउपालिका उपाध्यक्षमा पराजित भएकी छिन  । बुढीगंगा गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेपाली कांग्रेसले जितेको छ  । अध्यक्ष जित नारायण थापा मगरले ८२९९ मत ल्याएर बिजयी भए भने  उपाध्यक्षमा कांग्रेसबाट अमृता कुमारी गच्छदार ९०५० मत ल्याएर बिजयी भएकी छिन ।

अध्यक्षमा नेकपा एमालेका बलभद्र सरदार थारुले ७८८० मत र उपाध्यक्षमा एमालेकी तुलसी कुमारी कुवर बिस्टले ६२२३ मत प्राप्त गरिन । बिष्ट राजसती बहुउद्देश्यीय सहकारीकी सचीव छिन । जिल्ला सहकारी संघ मोरङको दुई कार्यकाल लेखा समिती सदस्य समेत भएकी थिइन । लामो समय सहकारी क्षेत्रमा काम गरेकी बिष्ट जनप्रतिनिधि बन्न भने सकिन्न ।
 



Leave a comment