हाइलाइट

तुर्माखाँदको अध्यक्षमा सहकारीकर्मी बिसी विजयी

तुर्माखाँदको अध्यक्षमा सहकारीकर्मी बिसी विजयी :: Sahakari Akhabar

अछाम । सहकारीकर्मी डम्बरबहादुर बिसी तुर्माखाँदको अध्यक्षमा निर्वाचित भएका छन् । अछाम जिल्ला सहकारी संघका सचिव एवम् चेतना साकोसका अध्यक्ष समेत रहेका बिसी एमालेबाट उम्मेदवार बनेका थिए । उनले ३ हजार ५ सय २३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कर्णबहादुर बुढाले ३ हजार ४ सय ९३ मत ल्याए ।

सहकारीमार्फत आर्थिक संमृद्धि हासिल गर्न सकिने उनको विश्वास छ । सहकारीलाई रोजगारी सिर्जना हुनेगरी परिचालन गर्ने उनको योजना छ । ‘प्रारम्भीक सहकारीलाई प्रवद्र्धन गरी गाउँवासीको जीवनस्तर सुधार गर्नेगरी कार्यक्रम ल्याउने योजना छ’ उनले भने,‘सहकारीप्रति सकारात्मक छु, त्यसैका माध्यमबाट आर्थिक वृद्धि बढाउनेगरी योजना ल्याउने छु’ उनले भने । यसका साथै सहकारी मर्ज अभियान चलाएर उत्पादनतर्फ केन्द्रित गर्ने उनको योजना छ । 
 



Leave a comment