हाइलाइट

सरकारी सेवासुविधा नलिने घोषणा गरेका गिरी पराजित

सरकारी सेवासुविधा नलिने घोषणा गरेका गिरी पराजित :: Sahakari Akhabar

रामेछाप । सहकारीकर्मी हरिराम गिरी रामेछापको मन्थली नगरपालिका–१३ को अध्यक्षमा पराजित भएका छन् । सिम्बोलिक बचत तथा ऋण सहकारी संस्था जडिबुटी काठमाडौंका सचिव रहेका गिरी कांग्रेसबाट उम्मेदवारी दिएका थिए । गिरीले ३ सय ९९ मत ल्याएर पराजित हुँदा उनका प्रतिष्पर्धी एमालेका नवराज थापा मगरले ६ सय ८९ मत ल्याइ विजयी भएका हुन् ।

चुनावका क्रममा उनले सहकारीमार्फत आयआर्जन, कृषि, शिक्षा, स्वास्थ्यमा जोड्ने योजना अघि सारेका थिए । सहकारीमार्फत खेतियोग्य जमिन सदुपयोग गर्दै उत्पादन बढाउने उनको योजना थियो । सहकारीमार्फत वडावासीको आयस्तर सुधार्ने उनको अठोट थियो ।

सहकारीमार्फत उत्पादन बढाउन नीतिगत व्यवस्था गर्ने बताएका गिरीले वडा अध्यक्ष जितेमा सेवासुविधा नलिने घोषणा समेत गरेका थिए । ‘समृद्ध वडा सुखी वडाबासी’ भन्ने मूल नारालाई सार्थकता दिनका लागि सबै क्षेत्रमा कार्यक्रम ल्याउने उनको अठोट थियो । तर, निर्वाचनका क्रममा पराजय भोगेपछि उनले मतदातालाई धन्यवाद दिदैँ पार्टी भित्रका ‘केही धमिरा’ले धोका दिएको फेसबुकमा लेखेका छन् ।

‘जो आफू पनि सकिए, सिंगो नेपाली कांग्रेस संगठनलाई धोका दिएर अबसरबादी अदूरदर्शी अपरिपक्व  संस्कारको राजनितिक गरे’ गिरी लेख्छन्,‘हामीलाई गणितिय रुपमा आज क्षति भयो होला तर आगामी दिनमा कांग्रेसलाई एकताबद्ध बनाएर लैजान सक्ने शक्ति फुलासीबासीले मत दिनुभएको छ ।’ ‘धोकेबाज मित्र’लाई बिदाइ भन्दै उनले मतदाताप्रति ऋणी भएको उल्लेख गरेका छन् । ‘सबल सक्षम प्रतिपक्षको भूमिकामा रहि निरन्तर यहाँहरुको साथमा रहि सेवा गर्ने प्रण गर्दछु।’
 



Leave a comment