काठमाडौं । सहकारीकर्मी सरिता भट्टराई भक्तपुरको सूर्यविनायक नगरपालिकामा उपमेयरमा निर्वाचित भएकी छन् । नेकपा एमालेका तर्फबाट उपमेयर उम्मेदवार बनेकी भट्टराई भारी मतले विजयी भएकी हुन् ।
राष्ट्रिय सहकारी बैंककी सञ्चालक समेत रहेकी भट्टराईले १४ हजार ४ सय ९० मत ल्याएर विजयी भइन् । उनका प्रतिष्पर्धा नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याएका थिए ।
प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय तहसम्मको नेतृत्वमा रचनात्मक भूमिका खेलेर छुट्टै पहिचान स्थापित गरेकी भट्टराई जनप्रतिनिधिकोरुपमा भारी मतले विजयी भएकी हुन् ।
स्थानिय तहको विकास गर्न सहकारी क्षेत्रसँग हातेमालो गर्ने उनको योजना छ । पालिकाभित्र विकास निर्माणदेखि व्यवसायीक र सामाजिक काममा सहकारीलाई परिचालन गर्ने उनले योजना बनाएकी छन् ।
सहकारीमार्फत मानविय विकासका पूर्वाधार पुरा गर्न सहज हुने उनको भनाइ छ । महिलालाई आर्थिक क्रियाकलापमा सक्रिय गराउनका लागि समेत सहकारीलाई अघि बढाउने उनको योजना छ ।
महिला तथा युवाहरुलाई वित्तीय साक्षरता दिएर सहकारीमार्फत उद्यमी बनाउने उनको योजना छ । कृषि उत्पादन र बजारीकरणमा सहकारी क्षेत्रलाई परिचालन गर्ने भट्टराईको योजना छ ।
Leave a comment