काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेका सचिव निरन्जन विष्ट मण्डन–देउपुर नगरपालिका वडा नं ८ को अध्यक्षमा निर्वाचित भएका छन् । निलकमल साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रहेका विष्ट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका थिए ।
विष्टले ५ सय ८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका झलकप्रसाद पौडेलले ५ सय ४५ मत ल्याए । यसैबीच बछौली नारीचेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बबिता चौधरी चितवनको रत्ननगर नगरपालिका वडा ६ को महिला सदस्यमा निर्वाचित भएकी छन् ।
चौधरी सौराह लेडि जेसिज वर्ष २०२१ का अध्यक्ष समेत हुन् । कांग्रेसबाट उम्मेदवार बनेकी चौधरीले हजार २० मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिष्पर्धा एमालेकी बुधनी चौधरीले ४ सय ५३ मत ल्याएकी छन् ।
Leave a comment