हाइलाइट

दंगाल हल्दिवारी अध्यक्षमा भारी मतले पराजित

दंगाल हल्दिवारी अध्यक्षमा भारी मतले पराजित :: Sahakari Akhabar

झापा । झापाका सहकारीकर्मी भवानीप्रसाद दंगाल (भानु) झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा भारी मतले पराजित भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भानु चौथो नम्बरमा थिए । उनले १ हजार १ सय ४९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्रप्रसाद लिङदेनले ६ हजार ८ सय ५६ मत ल्याइ विजयी भएका हुन् ।

लिङदेनका प्रतिष्पर्धी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६ सय ६६ मत ल्याएर ल्याएका छन् । तेस्रो नम्बरमा रहेका कांग्रेसका तुलसीप्रसाद ओलीले २ हजार ७ सय ५८ मत ल्याएका छन् । प्रदेश नं १ का सहकारीकर्मीमाझ दंगाल  प्रारम्भिक संस्थादेखि प्रदेश सहकारी संघको नेतृत्वमा रहि सहकरीमा एक दशकदेखि क्रियाशील छन् ।

सहकारी अभियानमा सफल नेताको परिचय बनाएका दंगाल जनप्रतिनिधिका रुपमा भने उदाउन सकेनन् । चुनावी एजेण्डा र मतदातासँग प्रतिवद्धता गर्दा सहकारी क्षेत्रलाई प्राथमिकता दिएका थिए ।
 



Leave a comment